तपाईँ सुन्दै हुनुहुन्छः

दोधाराचाँदनीबाट १२ जुवाडे पक्राउ, नगद र तासका गड्डी बरामद

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा प्रहरीले लगातार दुई ठाउँमा छापा मार्दा १२ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा गएराति ०२ बजे दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ पशुपति टोलमा दिनेश बहादुर बमको नास्ता पसलमा छापा मार्दा ८ जना व्यक्तिलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । सो क्रममा प्रहरीले रू.३० हजार ९३५ नगद, ४ थान मोबाइल फोन, १ थान गलैँचा र २ गड्डी बाउन्न पत्ती तास समेत बरामद गरेको जनाएको छ ।

त्यसअघि, गएराति साढे ११ बजे:३० बजेको समयमा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ देबिस्थानस्थित डम्बर दमाईको घरमा छापा मार्दा ४ जना जुवातास खेलिरहेका व्यक्तिहरू पक्राउ परेका थिए ।

उनीहरूबाट प्रहरीले रू.२१ हजार ८७५ नगद, ३ थान मोबाइल फोन, १ थान त्रिपाल र बाउन्न पत्ती तासको गड्डी बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार दुवै घटनामा संलग्न सबै व्यक्तिहरूमाथि जुवातास ऐनअन्तर्गत आवश्यक कानुनी कारबाही अघि बढाइएको छ । स्थानीयस्तरमा चाडपर्वको समयमा बढ्दो जुवातास प्रचलन नियन्त्रण गर्न प्रहरीले निगरानी थप गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button