महाकवि देवकोटाको जन्मजयन्ती : कविता प्रतियोगिता सम्पन्न
बागलुङ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।

विद्यामन्दिर पुस्तकालय बागलुङ देवकोटा जयन्ती संयोजन समितिले महाकवि देवकोटाले नेपाली भाषा साहित्य र शिक्षामा पुर्याएको योगदानबारे चर्चा चिन्तन, कविता प्रतियोगिता लगायतका कार्यक्रमका साथ दिवस मनाइएको हो ।
११ जना सहभागी कविता प्रतियोगिता बाट रामचन्द्र शर्मा उन्मुक्त प्रथम, विजय श्याम राजभण्डारी द्धितिय, र कोपीला कँडेल तृतीय भएका छन् । सो अवसरमा धनराज सापकोटा जिज्ञासु र याम बहादुर थापाले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यामन्दिर पुस्तकालयका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेपाली साहित्यमा लक्ष्मी प्रसाद देवकोटाको योगदान सदैव स्मरण योग्य रहेको बताउनुभयो । वर्तमान सन्दर्भमा महाकवि देवकोटाको जीवनशैलीबाट धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
देवकोटा जयन्ती संयोजन समितिका संयोजक काजिरोशनले महाकवि देवकोटाको जीवनी र योगदान बारे चर्चा गर्नुभएको थियो । प्रतियोगिताको नियम बारे मधुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक समितिका संयोजक धनराज सापकोटाले जानकारी गराउनुभएको थियो
कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष राम थापाको स्वागत मन्तव्य र स्मृति प्रकाशनका अध्यक्ष गुणराज शर्मा, गुराँसको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्