तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा पहिरोका कारण अवरुद्ध सडक पुनः सञ्चालन

इलाम । लगातारको वर्षाका कारण गएको पहिरोले अवरुद्ध भएको इलामको मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय, इलामले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अनुसार गत असोज १८ गते रातिदेखि अवरुद्ध उक्त सडकखण्डमा पहिरो पन्छ्याउने कार्य सम्पन्न भएपछि सवारी सञ्चालनका लागि खुला गरिएको हो।

जिल्ला प्रशासन प्रमुख सुनिता नेपालले जानकारी दिँदै स्थानीय प्रशासन, सडक विभाग, सुरक्षा निकाय र स्थानीय वासीहरूको संयुक्त प्रयासमा सडक खुलाउन सफल भएको बताउनुभयो। 

प्रशासन प्रमुख नेपालले यात्रुहरूलाई सतर्क रहन र निरन्तर वर्षा हुने अवस्थालाई ध्यानमा राखी अत्यावश्यक बाहेकका यात्रामा सावधानी अपनाउन पनि आग्रह गर्नुभयो। साथै, सडक क्षेत्रमा अझै केही ठाउँमा माटो र ढुङ्गा खस्ने सम्भावना भएकाले सावधानी अपनाउन सवारी चालकहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button