बाजुरा कप फुटबलको उपाधि साइनिङ स्टार कोल्टीलाई
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा सम्पन्न बाजुरा कप फुटबल प्रतियोगिताको उपाधि साइनिङ स्टार कोल्टीले हात पारेको छ।
मङ्गलवार सम्पन्न फाइनल खेलमा साइनिङ स्टार कोल्टीले रानीवन स्पोर्ट्स क्लब मार्तडीलाई पेनाल्टी सुट आउटमा ९–८ गोलले पराजित गर्दै उपाधि जितेको हो। खेलको निर्धारित समयमा दुवै टिमबीच १–१ गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुट आउटमार्फत टुङ्ग्याइएको थियो।

विजेता बनेको साइनिङ स्टार कोल्टीले ६१ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता रानीवन स्पोर्ट्स क्लब ३२ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडलमा सीमित रह्यो।
असोज २२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका २० टिम सहभागी भएका थिए।
व्यक्तिगत तर्फका पुरस्कारहरूमा साइनिङ स्टारका शेखरसिंह धामी ‘उत्कृष्ट गोलकिपर’ र ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उत्कृष्ट गोल स्कोररको सूचीमा सुवास रोकाया, जीवन रोकाया र गौरव रावत पर्नुभयो।
त्यस्तै, ‘राइजिङ प्लेयर’ रानीवन बी का सुनिल नेपाली बन्नुभयो भने ‘उत्कृष्ट खेलाडी’ उपाधि पनि रानीवनकै हिमाल बडूवालले हात पारेको आयोजकले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्