धनकुटामा बस दुर्घटना अपडेट, मृतकको सङ्ख्या दुई पुग्यो
धनकुटा । धनकुटामा बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ।
विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको साइ राम बस बुधवार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।
दुर्घटना स्थलमा परि धनकुटाको महालक्ष्मी नगरपालिका ६ कि ५५ बर्सिया गङ्गा कार्की र महालक्ष्मी नगरपालिका ९ का ६० बर्सिया डिल्लीराम बरालको मृत्यु भएको हो। कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो।
दुर्घटनामा अन्य ७ जना यात्रुहरू घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बस उकालो टायर पड्किएर दुर्घटना भएको भनिए पनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। बसको ढोकामा रहेका यात्रु हताहत भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्