तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेको आह्वानमा बसेको सर्वदलीय बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् विघटनका सम्बन्धमा छलफल गर्न आह्वान गर्नुभएको सर्वदलीय बैठक जारी रहेको छ । 

संघीय संसद् सचिवालय सिंहदरबारमा जारी बैठकमा प्रतिनिधिसभा विघटन र पुनस्र्थापनालगयतका विषयमा छलफल भइरहेको छ । 

छलफलमा कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका पूर्व प्रमुख सचेतकहरू उपस्थित हुनुहुन्छ । विघटित प्रतिनिधि सभामा दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू सहभागी  थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button