तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्ग अन्तर्गत इलाम-माईखोला-राजदुवाली खण्ड अझै सुचारु हुन सकेन

इलाम । असोज १८ गते आएको बाढीपहिरोको कारण अवरुद्ध बनेको मेची राजमार्ग अन्तर्गत इलाम-माईखोला-राजदुवाली खण्ड अझै सुचारु हुन सकेको छैन ।

बिहीबार बिहानैबाट सडक डिभिजन कार्यालयले ३ वटा स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको सडक  डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनु भयो । बासको बार लगाएर माटो फिलिङ गर्न आज श्रमदान बाट दिन भर प्रयास भएको छ । केही स्थानमा भल  निस्किए पछि पाइप बिछ्याएर  स्काभेटरद्वारा माटो पन्छाउने कार्य भए पनि ट्याक खुल्न सकेन । सबै प्रयास गरे पनि पानीको भल नियन्त्रण हुने नसकेको कारण सुचारु गर्ने अनिश्चित भएको छ । बिहीबार रातभर पनि सडक सुचारु गर्न प्रयास गरिने जनाएको छ ।

माईखोला इलाम सदरमुकाम तर्फ करिब २ किमी सडक हिँडेर माईखोला पुलबाट  पार गर्नुपर्ने बाध्यता छ । यात्रु जोखिम पूर्ण  यात्रा गरि माईखोला वार पार गरि रहेका छन् । मेची राजमार्ग अन्तर्गत पुवाखोला बन्चरे गोलाई बुधबार अपराह्नबाट सञ्चालनमा आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button