तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा कप २०८२ मार्तडीमा शुरु,२० टिम सहभागी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ । सेभन ए साइड बाजुरा कपको बुधबार औपचारिक रूपमै उद्घाटन गरिएको हो ।

२० टिम सहभागी खेलको पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी र इन्जिनियर सेवामा आवद्ध युवाहरू बीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । 

पहिलो खेल इन्जिनियर सेवाका युवाहरूले जितेका छन् । आजबाट समूह चरणका खेलहरू सञ्चालन भइरहेका आयोजक खेलका सल्लाहकार संयोजक लक्ष्मण रोकायाले जानकारी दिनुभयो । २६ गतेसम्म सञ्चालन हुने खेल मालिका माविको खेल मैदानमा सञ्चालन गरिएको छ । 

५ हजार नगद सहित टिम दर्ता राखिएको खेलको विजेताले ६१ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् । भने उपविजेता टिमलाई ३२ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला भित्र र बाहिरका खेलाडी र जिल्ला भित्रकै टिमहरू सहभागी छन् । प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास लिएको आयोजक युवा समूहले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button