तपाईँ सुन्दै हुनुहुन्छः

जुवाखालबाट साढे १३ लाख रुपैयाँसहित दर्जन बढी जुवाडे पक्राउ

नेपालगन्ज । नेपालगन्जमा जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जन बढी जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट इन्स्पेक्टर यम बहादुर बुढा मगरको कमान्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज-बाइपासरोडस्थित मौरी रेस्टुरेन्टको जुवाखालबाट जुवाडेहरूलाई साढे १३ लाख रुपैयाँसहित पक्राउ गरेको हो । 

मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशिसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले छापा मारेको थियो । प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गड्डी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबै जुवाडेहरूलाई आज थप अनुसन्धानका लागि म्याद थप गर्न बाँके जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button