दोभान—हाङपाङ सडक खण्ड अबरुद्ध
ताप्लेजुङ । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाको दोभान—हाङपाङ जाने भित्री सडक खण्ड अबरुद्ध भएको छ ।

मंगलबार बिहान नौ बजे पालिकाको वडा नम्बर ५ स्थित तिलबारिमा सडक माथीबाट ढुङ्गा झरी बाटो अबरुद्ध भएको प्रहरीले जानएको छ । सडक अवरुद्ध भएसंगै यातायात सञ्चालन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकृत प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । सडकको दुबै तर्फ ठुल्ठुला ढुङगा झरेकोले हटाउन पालिकासंग समन्वय भई रहेको समेत बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्