तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाएका तामाङको शव माइखोलामा फेला

इलाम । इलाम नगरपालिका–१० गोदकका गर्जमान तामाङ असोज १९ गते बिहान करिब ३ बजे छोरासँगै खोला तर्ने क्रममा बाढीले बगाई बेपत्ता भएका थिए। टर्च बालेर हात समाई खोला पार गर्न खोज्दा अचानक आएको बाढीले उनलाई बगाएको परिवारले जनाएको छ।

सो घटनापछि बेपत्ता रहेका तामाङको शव २० गते माइखोला तल्लो भागतिर फेला परेको स्थानीयहरूले जानकारी दिएका छन् । मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरमा पु(याई पोष्टमार्टम गरिएको र हाल आफ्नै निवास इलाम–१० गोदक ल्याइँदै गरेको वडा अध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button