तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा मृतकको सङ्ख्या ३८ पुग्यो 

इलाम । लगातारको वर्षा र बाढीपहिरोले इलाममा जनधनको ठूलो क्षति पुगेको छ । 

इलाम नगरपालिका–१० गोदकबाट माई खोलामा बेपत्ता भएका एक पुरुषको शव झापा कन्काईमा फेला परेसँगै इलाममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त पुरुषको रेकर्ड हिजोसम्म मृतकको सूचीमा समावेश गरिएको थिएन । यससँगै इलाम नगरपालिका–६ का एक पुरुष अझै बेपत्ता रहेको प्रशासनले जानकारी दिएको छ ।

बेपत्ताको खोजी कार्य नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button