इलाम अपडेट : पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ४ जना अझै बेपत्ता
इलाम । अविरल वर्षापछि आएको भीषण पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। इलाम जिल्ला प्रशासन कार्यालयका प्रारम्भिक विवरणअनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम जारी छ।

जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालका अनुसार ९असोज १९ गते दिउँसो १ बजे सम्म० विभिन्न पालिकाहरूमा मृत्यु र बेपत्ताको विवरण यस प्रकार रहेको छः
सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ: ५ जनाको मृत्यु
इलाम नगरपालिका–६, घसो : ६ जनाको मृत्यु, बालनगाउँ: १ जना बेपत्ता
सन्दकपुर गाउँपालिका : ४ जनाको मृत्यु, २ जना बेपत्ता
माङ्सेबुङ गाउँपालिका : ३ जनाको मृत्यु
देउमाई नगरपालिका : ८ जनाको मृत्यु
माइजोगमाई गाउँपालिका: ७ जनाको मृत्यु, १ जना बेपत्ता
फाकफोकथुम गाउँपालिका : १ जनाको मृत्यु
सिडिओ नेपालका अनुसार उद्धार र राहत कार्य निरन्तर जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन्।
सडक अवरुद्ध र मौसम प्रतिकूल भएपछि उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। प्रशासनले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ
प्रतिक्रिया राख्नुहोस्