तपाईँ सुन्दै हुनुहुन्छः

बडा दशैंको दशौं दिन नेपालगञ्जमा ‘रावण वध’

नेपालगञ्ज । बडा दशैंको दशौं दिन आज नेपालगञ्जमा ‘रावण वध’ गरिएको छ । डेढ सय वर्षदेखि आयोजना हुँदै आएको रामलिला मञ्चनका क्रममा हरेक वर्ष विजयादशमीको दिन पुत्ला दहन गरेर रावणको वध गर्ने गरिन्छ । यस वर्ष भने रामलिला मञ्चन स्थगित गरिए पनि रावणको वध भने गरिएको हो । 

संस्कृतिको रुपमा स्थापित भएको रामलिला मञ्चन घटस्थापनामा सुरु भई टीकाको भोलिपल्टसम्म चल्दछ । रामलिला मञ्चनकै लागि सहरको बीचमा रामलिला मैदान संरक्षित छ ।

रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button