तपाईँ सुन्दै हुनुहुन्छः

बागेश्वरी मन्दिरमा करिब डेढ सय जनाले जिब्रो छेडे

नेपालगञ्ज । बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष प्राप्तिको आशामा यस बर्ष पनि करिब डेढ सय धर्मावलम्बीले जिब्रो छेडेका छन् ।

बडा दशैँको नवमी र चैते दशैँको नवमीको दिनमा ठूलो सङ्ख्यामा फलामको त्रिशूलले जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ ।

नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोका रामसुहावन यादव परापूर्वकालदेखि चलेको परम्परालाई धान्नको लागि र नेपालगन्ज २१ का नानबाबु बडहीले भाकल पूरा होस् भनेर जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button