जनकपुरधामको राजदेवीसहितका शक्तिपीठमा खोईछ भर्ने महिलाहरुको भिड

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध राजदेवीसहितका अन्य शक्तिपीठहरुमा आज विहान देखि खोईछ भर्ने काम भईरहेको छ । विहानदेखि शुरु भएको खोईछ भर्ने काम राजदेबी मन्दिरमा साँझसम्म चल्ने छ भने अन्य शक्ति पीठमा भोलिसम्म चल्नेछ ।

खासगरेर विवाहित महिलाहरुले आफुना सन्तानको दीर्घायु तथा श्रीमानको दीर्घजीवनकोे कामना सहित भगवतीको खोईछ भर्ने चलन चल्दै आएको छ । नयाँ सारी, शौभाग्य सूचक सामाग्रीहरु तथा चवल, पान, सुपारी तथा रकम राखेर विवाहित महिलालाई भगवतीको रुपमा खोईछ भर्ने चलन छ ।
मंन्दिरमा पूजाको व्यवस्थापन गर्दै आएका महावीर यूवा कमिटीले ठूलो संख्यामा स्वयं सेवक परिचालन गरेको छ ।
पुरुष तथा महिलाहरु छुट्टा छुट्टै लाईनमा माता राजदेवीको पूजा अराधना गरिरहेका छन् । यसैगरि आज साँझदेखि राजदेवी मंन्दिरमा बोका बली दिइन्छ । बोका बलीको रसिद काट्ने काम केही दिन अघि नै शुरु भईसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्