तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो

काठमाडौँ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रवारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button