ग्रामीण सडकमा यातायात सेवा सुचारु
बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहमा रहेका ग्रामीण सडकमा यातायात सेवा सुचारु भएको छ ।
बाढी पहिरोका कारण बन्द रहेका ग्रामीण सडकहरू स्थानीय तहले मर्मत सम्भार गरे पछि यातायात सेवा सुचारु भएको हो ।
१० वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको पक्की सडक सञ्जालसँग पहुँच रहे पनि डिलाशैनी र शिगास गाउँपालिका भने कच्ची सडक सञ्जालसँग मात्र जोडिएका छन् ।
पालिकाको सदरमुकाम सम्म पक्की मोटर बाटो रहे पनि बैतडीका ८४ वटा वडामध्ये ५० वटा वडाको सडक सञ्जालको पहुँच ग्रामीण सडकसँग मात्र रहेको छ ।
हिन्दुहरूको महान् चाड विजयादशमी तथा दीपावलीलाई लक्षित गरी देश विदेशबाट यात्रुहरू आ आफ्नो पुर्ख्यौली गाउँतिर आउने गरेकाले सबै बन्द सडक खुलाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्