बैतडीमा धान उत्पादन बढ्ने
बैतडी । यस वर्ष वर्षायाममा औषत भन्दा बढी पानी पर्दा बैतडी जिल्लामा धान उत्पादनमा वृद्धि हुने बताइएको छ ।
आकासे पानीको भरमा रोपाई गर्ने बैतडीका कृषकहरूको खेतबारीमा वर्षाको पानी पर्याप्त रहँदा घैया धानको समेत उत्पादन बढ्ने भएको हो ।
बैतडी जिल्लाका १० वटा स्थानीय तह मध्ये सबै भन्दा बढी धान उत्पादन हुने पाटन नगरपालिकामा यस वर्ष धान उत्पादनमा ३० प्रतिसतले वृद्धि हुने पाटन नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
सबै भन्दा कम सिचाई सुविधा भएको मेलौली नगरपालिकाका कृषकहरूले घैया धान बढी लगाउने र गत विगतमा वर्षातमा पानी नहुँदा आधा धानको उत्पादन भुस हुने गरेको भएतापनि यस वर्ष राम्रो फसल हात लाग्ने हतरंगाका कृषक महादेव भट्ट बताउनुहुन्छ ।
बैतडी जिल्लाको कुल खेती योग्य जमिन २५ हजार ७ सय हेक्टर मध्ये ९ हजार ५ सय हेक्टरमा धान खेती गरिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्