“देशले व्यहोरेको पिडा दुखद, उठाउने जिम्मेवारी सबैको हो”
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेन–जी आन्दोलनका क्रममा जलेको संघीय संसद् भवनको अनुगमन गर्नुभएको छ ।

संघीय संसद् भवनको आज अनुगमन गर्दै सभामुख घिमिरेले आन्दोलनपछि देशले व्यहोरेको पिडा दुखद रहेको भन्दै सबै मिलेर उठाउने सबैको जिम्मेवारी भएको बताउनुभयो ।

सभामुख घिमिरेले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि भएका आक्रमणले गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सबै मिलेर समाधान र पुनर्निर्माण तर्फ अघि बढ्ने बेला भएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने सभामुख घिमिरेको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्