तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त मन्त्रालय तथा सरकारी कार्यालयको अनुगमन 

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त मन्त्रालय तथा सरकारी कार्यालयको अनुगमन निरीक्षण गर्नुभएको छ । 

मुख्यमन्त्री शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएका विभिन्न मन्त्रालय, सरकारी कार्यालयको स्थलगत अनुगमन निरीक्षण गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अनुगमनका क्रममा उहाँले तोडफोड र आगजनीबाट मन्त्रालय तथा सरकारी कार्यालयमा पुगेको क्षतिबारे जानकारी लिनु भएको मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर बिष्टले बताउनुभयो ।

भदौ २४ गते धनगढीमा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय, मन्त्रालय, सरकारी कार्यालय, निजी घर तथा व्यापारिक प्रतिष्ठान र पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनका क्रममा, मन्त्रालय सरकारी कार्यालय, प्रहरी चौकी, स्थानीय तह, निजी घर तथा व्यापारिक प्रतिष्ठान, पार्टी कार्यालय गरी २ सय ३० बढी भौतिक संरचना क्षतिग्रस्त भएका छन् भने झण्डै सात सय सवारी साधनमा आगजनी गरिएको प्रारम्भिक तथ्याङ्क देखिन्छ । 

त्यसरी तोडफोड र आगजनी गरिएका सरकारी कार्यालयमा कागजात, फर्निचर, कम्प्युटर लगायतका सामाग्री क्षतिग्रस्त भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button