तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

बागलुङ । बागलुङमा नजिकिँदै गरेको दशै तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको  छ । साल्ट ट्रेडिङ कर्पोरेसन लि. बागलुङले आम नागरिकलाई सहुलियत दरमा नुन चिनी खानेतेल लगायतका खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले बानपा ४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पसलबाट चिनी प्रतिकेजी ९५ रुपैयाँ, नुन प्रति लिटर रु २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रती लिटर रु ३ सय ५५ मा बिक्री गरिने साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

चिनी एक जनालाई अधिकतम ६ केजी, नुन ५ केजी पाइने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजार मूल्य भन्दा चिनीमा प्रतिकेजी रु १० नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रति लिटर रु ७० छुटको व्यवस्था रहेको छ । यो पसल कार्तिक १० गते सम्म सञ्चालन गरिने छ ।

पसल बिहान १० बजेदेखि दिउँसो ४.३० बजे सम्म सञ्चालन हुने छ भने बिदाको दिन सञ्चालन नगरिने श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button