जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ ।

पशुपति आर्यघाटमा आज गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्