पोखरामा खुल्यो चाडपर्व लक्षित खाद्यान्नको सहुलियत पसल
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबारदेखि चाडपर्व लक्षित खाद्यान्नको सहुलियत पसल सञ्चालनमा आएको छ । पोखराको पार्दी बिरौटामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालयले आज (सोमबार) देखि उक्त पसल सञ्चालनमा ल्याएको कार्यालय प्रमुख कौशल घिमिरेले बताउनुभयो । नेपालका चाडपर्व दशैं, तिहार र छठ पर्व लक्षित गर्दै कम्पनीले केही सहुलियतमा आम जनतालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको उहाँले जनाउनुभयो ।

बिहान १०ः०० जबे देखि बेलुका ५ः०० बजेसम्म उक्त पसल खुल्ला हुने भएको छ भने उक्त पसलबाट विभिन्न ब्रान्डका चामल चिनी उपलब्ध गराएको छ । सामान्यतया बजार मूल्य भन्दा चामल र चिनीमा ५ प्रतिशत र रैथाने चामलमा भने १० प्रतिशत छुट भएको बताइन्छ । चिनी प्रतिकेजी ९५ रुपैयाँमा बिक्री भएको छ भने स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८३, अरुवा सोना मंसुली चामल प्रतिकेजी ५९, कागुनो र चिनो जातको चामल प्रतिकेजी २ सय ५५ रहेको छ ।
२५ केजीको वोरामा १ हजार ४ सय ७५ देखि ६ हजार ३ सय ७५ मा सम्म बिक्री भएको छ । सोमबारदेखि सहुलियतमा खाद्यान्न सामान लिनेहरूको भिडभाड सुरु भएको छ । स्टिम जिरा मसिनो चामल (याफआर) जुन चामलमा ८ प्रकारका भिटामिन पाइन्छ । जस्तै भिटामिन ए, भिटामिन बी १, भिटामिन बी ३,६,९ र भिटामिन बी १२ पाइन्छ ।







प्रतिक्रिया राख्नुहोस्