तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा बाढी गएको एक महिना, पीडित अझै पालमुनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या र–५ कुवाडीका बाढीपीडित विस्थापित भएको एक महिना बितिसक्दा अझै पालमुनी बस्न बाध्य छन्। साउन २८ गते आएको बाढीले सयभन्दा बढी घर र सरकारी संरचना उच्च जोखिममा परेका थिए।

स्थानीय आइसिंह बोहराले घरजग्गा बगाउँदा अहिले पनि पालभित्रै जीवन बिताउनुपरेको बताउँदै वर्षातमा झन् डर हुने गुनासो पोखेका छन्। पीडितहरूले सुरुवाती दिनमा वडा र गाउँपालिकामार्फत केही राहत पाए पनि पर्याप्त नहुँदा दैनिकी कठिन बनेको छ।

वडा अध्यक्ष जोख भण्डारीले अझै आवश्यक राहत र पुनर्स्थापना नहुँदा पीडित पालमुनी बसिरहेको जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लका अनुसार संघ र प्रदेश सरकारसँग तत्काल पुनर्स्थापनाका लागि अनुरोध गरिए पनि कुनै निर्णय भएको छैन।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले करिब १ सय घर र विभिन्न सरकारी संरचना प्रभावित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button