गृहमन्त्री लेखकद्वारा दोधारा चाँदनीका बाढी प्रभावित क्षेत्रको अवलोकन

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले हालै भएको लगातार वर्षासँगै आएको बाढी र डुबानले कञ्चनपुरको दोधाराचाँदनी क्षेत्रमा पुर्याएको क्षतिको शनिबार स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रभावित क्षेत्रको अवस्था बुझ्न दोधाराचाँदनी पुग्नुभएका गृहमन्त्री लेखकसहितको टोलीले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र प्रशासनिक अधिकारीसँगै नागरिकका गुनासा ग्रहण गरेको छ । त्यस क्रममा गृहमन्त्री लेखकसमक्ष स्थानीय बासिन्दाले खेतीबाली, घर तथा आधारभूत संरचनामा पुगेको क्षतिको विवरण प्रस्तुत गर्दै तत्कालीन राहतभन्दा दीर्घकालीन पक्की तटबन्ध निर्माणको माग गर्नुभयो ।

जवाफमा गृहमन्त्री लेखकले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनः स्थापना कार्यक्रम अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताका मागअनुसार पक्की तटबन्धको व्यवस्था गरिने आश्वासन पनि दिनुभयो ।
गृहमन्त्री लेखकले सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक संसाधन परिचालन गर्ने बताउनुभयो ।

पूर्वमा महाकाली नदी र पश्चिममा जोगबुढा नदीले दोधाराचाँदनी नगरपालिकाका विभिन्न बस्तीहरू बर्सेनी बाढी र डुबानको उच्च जोखिममा पार्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्