मस्तिष्कघातका बिरामीलाई अब अल्टेप्लेज इन्जेक्सन निःशुल्क
नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अब अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ ।
यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात् प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहनुभएका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो-‘पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिन सकिन्छ । जसबाट बिरामी पुरानै अवस्थामा फर्किने सम्भावना अधिक हुन्छ ।’
तर, मस्तिष्कघातका लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामी अस्पताल पुगिसकेको हुनुपर्ने डा. पाण्डे बताउनुहुन्छ । डा. पाण्डे भन्नुभयो-‘पक्षघात भएपछि ढिलो नगरी तुरुन्तै अस्पताल ल्याउनु सबैभन्दा ठूलो उपचार हो । समयमै ल्याइएमा बिरामी पूर्ण निको हुने सम्भावना धेरै हुन्छ ।’
प्रतिक्रिया राख्नुहोस्