तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय गौरा महोत्सव’ भदौ १७ गतेदेखि 

डडेलधुरा । सुदूर पश्चिमेलीहरूको मुख्य पर्व गौराको अवसरमा डडेलधुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८२’ हुने भएको छ ।

विगतका वर्षहरू जस्तै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो । यही भदौ १७ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा गौरा महोत्सव आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेलधुराले जनाएको छ ।

महोत्सवमा प्रतिस्पर्धात्मक गौरा नाच, बालो नाच, चैत, धुमारी, फाग, घुइँचम्फा, महिला तथा पुरुष खुल्ला देउडा प्रतियोगिताको आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिका कार्यवाहक अध्यक्ष रमेश जोशीले बताउनुभयो । 

स्थानीय कला संस्कृतिको सम्मान तथा युवा पिँढीमा हस्तान्तरण होस भन्ने महोत्सवको उद्देश्य रहेको जोशीले बताउनुभयो । गौरा अवधिभर सुरक्षा संयन्त्र पनि मजबुत बनाउन सुरक्षा निकायसँग छलफल र समन्वय अघि बढाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button