तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा: सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले देशमा सङ्घीयताको कार्यान्वयन, जनचाहना अुसारका काम, दिगो विकास लक्ष्यको प्राप्ति, देशको विकास र समृद्धि लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले तराई मदेशको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने, चुरे दोहन नियन्त्रण गर्नुपर्ने, किसानका लागि मल र बिउको व्यवस्था गर्न ढिलाइ गर्न नहुने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद किरणबाबु श्रेष्ठले दिगो विकासका लक्ष्य पुरा गरी देशको विकास गर्नका लागि आवश्यक कृषि, पर्यटन, शिक्षाजस्ता कुराको विकासमा सबै एक भएर अगाडी बढ्न सक्नु पर्ने बताउनुभयो ।

उहाँले सूचना र सञ्चारले जनता सुसूचित हुन र सूचना पाउन सहज भएको भएपनि मिस इन्फर्मेशन, डिस इन्फर्मेशन, माल इन्फर्मेशन, हेट स्पीच जस्ता विषयले समस्या सिर्जना गर्न शुरु गरिसकाले यसतर्फ समयमा नै सचेत बन्नुपर्ने बताउनुभयो ।

सांसद जगप्रसाद शर्माले सङ्घीयतामा स्थानीय सरकार जनतासँग जोडिने, प्रदेश सरकार विकास निर्माण र संघीय सरकारले कानुन र नीति निर्माणको कामलाई लिएर अगाडी बढ्न सके देश विकासको गतिमा अगाडी बढ्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button