तपाईँ सुन्दै हुनुहुन्छः

बलराम जोशी ज्ञान विज्ञान पुरस्कार श्रीरामचन्द्र मन्दिर समितिलाई

काठमाडौँ  । बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार यस वर्ष श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई प्रदान गरिएको छ। 

दुई लाख रुपैयाँ राशिको उक्त पुरस्कार बत्तीस पुतलीमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष डा. गोविन्द टण्डनलाई श्री १००८ स्वामी आत्मानन्द गिरीको प्रमुख आतिथ्ययतामा आइतबार प्रदान गरिएको हो।

प्रतिष्ठानका संस्थापक स्व.अगुरबाबा जोशीद्वारा स्थापित उक्त पुरस्कार ज्ञान विज्ञान क्षेत्रमा योगदान पुर्‍याउनुहुने व्यक्तित्व तथा संस्थालाई २०५२ सालबाट प्रदान गर्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button