तपाईँ सुन्दै हुनुहुन्छः

घर बनाउने आश्वासनपछि पोखरामा एक साता बसेर हायु परिवार गाउँ फर्कियो 

पोखरा । सिन्धुलीबाट पोखरा आएको हायु परिवारका सदस्यको टोली एक साता पोखरा बसाई पछि अन्ततः आफ्नै गाउँ फर्किएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको उर्मिला हायु सहितको टोलीलाई आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोलीले बिदाइ गर्नुभयो ।

हायु परिवारका ज्येष्ठ सदस्य उर्मिला हायु सहित २२ जनाको टोलीलाई सवारी साधनको व्यवस्था गर्दै पोखरा महानगरले बिदाइ गरेको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठ हायु परिवारलाई लिन पोखरा पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button