तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाको दाबी पेश 

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाले दाबी पेश गर्नुभएको छ । नेपाली काँग्रेस र नेकपा एमाले संसदीय दलको समर्थनमा काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बानियाले मुख्यमन्त्री पदमा दाबी पेश गर्नुभएको हो । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै सोमबार नै बानियाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने अर्को पार्टी नेकपा एमालेको समर्थनमा दाबी पेश गर्नुभएको हो । देवकोटाले मङ्गलवार दिउसो २ बजेभित्र आफ्नो दाबी पेस गर्न आजै आह्वान गर्नुभएको थियो । 

मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सोमबार प्रदेश प्रमुख कार्यालयमा लिखित राजीनामा बुझाउनु भएपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न दाबी पेश गर्न आह्वान गरेको थियो । 

सोही अनुसार बागमती प्रदेश सभामा रहेका ११० जना प्रदेश सभा सदस्यहरू मध्ये काँग्रेसका ३७ जना र एमालेका २७ जना गरी कुल ६४ जना बहुमत प्रदेश सभा सदस्यको समर्थनमा बानियालाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button