वाग्मती प्रदेश : काँग्रेस संसदीय दलका नेता लामा पराजित
मकवानपुर । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ ।
आज भएको मत विभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनुभएको हो । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उहाँविरुद्ध यही गत शुक्रवार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
रासस
प्रतिक्रिया राख्नुहोस्