तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा ८५ प्रतिशत धान रोपाई सम्पन्न

पोखरा । गण्डकी प्रदेशमा हालसम्म करिब ८५ प्रतिशत मात्र धान रोपाई भएको छ । 

यही साउन ११ गते (आइतबार) सम्म यस वर्ष गण्डकी प्रदेशमा ८४.७७ प्रतिशतले ७९ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताउनुभयो । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको उहाँले जनाउनुभयो । 

गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमाल पारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेती खासै हुने गरेको छैन । प्रदेशका ९ जिल्ला मध्य हालसम्म सबै भन्दा धेरै बागलुङमा ९५ प्रतिशत र सबै भन्दा कम दुई जिल्ला गोर्खा र नवलपरासीमा ७८ प्रतिशत मात्र धान रोपाई भएको कार्यालयले जनाएको छ । बागलुङमा ९५ प्रतिशतले ५ हजार ४ सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । बागलुङमा ५ हजार ७ सय ७ हेक्टर क्षेत्रफलमा धान खेती हुने कार्यालयले जनाएको छ ।

लमजुङमा ९३ प्रतिशत र कास्कीमा ९० प्रतिशत धान रोपाई भएको छ । त्यसै गरी लमजुङमा ९३ प्रतिशतले ८ हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा आइतबारसम्म धान रोपाई गरिएको छ भने यस क्षेत्रमा ९ हजार २ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइ गर्न योग्य क्षेत्रफल रहेको छ ।

गोर्खामा यस वर्ष १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गर्न योग्य जमिन भए पनि आइतबारसम्म करिब ७८.४० प्रतिशतले ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले जनाउनुभयो । त्यस्तै नवलपरासीमा हालसम्म हेर्दा ७८.७० प्रतिशतले १४ हजार ७ सय ३२ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button