तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला–मुगु लिङ्क रोड: लोती खोला बेलिब्रिज निर्माण सम्पन्न

हुम्ला । हुम्ला र मुगु जोड्ने चंखेली गाउँपालिकाको लोतीखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज साउन १३ गते उद्घाटन हुने भएको छ । 

कांग्री निर्माण सेवाले करिब ४ करोड ९८ लाख मा सम्झौता गरी केही दिन अघि मात्र निर्माण सम्पन्न गरे पश्चात् यही साउन १३ गते दिउसो १ बजे कर्णाली प्रदेश सरकारका पूर्वमुख्य मन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गर्न लागेको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख ई.नरेश राज जैसीले बताउनुभयो । 

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्त्रगत जिल्ला स्थित कार्यालय पूर्वाधार विकास कार्यालयसँग मिति २०८१ साल मङ्सिर २३ गते सम्झौता भई आषाढ २२ गते सम्पन्न भएको उक्त बेलिब्रिज करिब ५ महिनामा सम्पन्न भई उद्घाटन गर्न लागेको बताउनुभयो । 

४२ मिटर लम्बाई भएको उक्त बेलिब्रिजको कर्णाली नदीबाट १० उचाइमा रहेको उक्त पुलको ३.१५ मिटर उचाइ, ३ वटा प्यानल र ३ वटा डेक राखेर निर्माण गरिएको छ । 

यस अघि लोतीखोलामा बेलिब्रिज नहुँदा हिउँदको समयमा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधनहरू वारपार गरिरहेका थिए भने पछि हल्का सवारी साधनको लागि काठको पुल बनाए पनि वर्षा आएको खालाले बगाएपछि मानिसहरू समेत तुइनमा तर्न बाध्य भएका थिए ।

हुम्ला र मुगु जोड्नको लागि मात्र नभई चंखेली गाउँपालिकाको केन्द्र पिप्ला आउजाउ गर्न समेत गाउँपालिकावासीहरू तुइनमै तर्न बाध्य थिए । चंखेली गाउँपालिकाका ३ वटा वडाहरू तुइन तरेर गाउँपालिकाको केन्द्रमा आउनु पर्थ्यो अब त्यो समस्या टरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार नागरिकहरूको बाध्यतालाई मध्यनजर निरन्तरको पहल पश्चात् यो बेलिब्रिज यती छोटै समयमा निर्माण गराएको बताउनुभयो ।

मुगु, जुम्ला लगायतका नागरिकहरूलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकहरूलाई रारा ताल अवलोकनका लागि बाजुरा भएर जानु पर्ने बाध्यता मात्र टरेको छैन कि अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवत/जावत हुने भएको छ । साउने १३ गतेका दिन औपचारिक रूपमा उद्घाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चंखेली गाउँपालिकाको सलीसल्ला देखी मुगु जिल्लाको भट्याचौर सम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) ले निमार्ण कार्य सम्पन्न गरेको करिब ४ वर्ष पुरा भएपश्चात् यो बेलिब्रिज निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button