माओवादी कुनै पनि हालतमा सरकारमा जाँदैन : नेता गजुरेल
धनकुटा । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले माओवादी पार्टी कुनै पनि हालतमा सरकारमा नजाने बताउनुभएको छ ।

उहाँले सरकारमा सहभागी हुनेबारे पार्टीको धारणा स्पष्ट पार्दै माओवादी केन्द्र हालको समीकरणमा सरकारमा जाने योजनामा नरहेको बताउनुभयो । शनिबार बिहान धनकुटा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले कांग्रेस र एमालेबिचको गठबन्धन सरकार भए पनि आम जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको दाबी उहाँले गर्नुभयो ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई माओवादी केन्द्रले राजनीतिक स्थान दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई सामान्य रूपमा लिइएको बताउनुभयो ।
‘मिशन ८४’ अभियानअन्तर्गत माओवादी केन्द्र देशको पहिलो पार्टी बन्ने लक्ष्यमा केन्द्रित रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्