तमोरमा जलविद्युत् निर्माण, लिम्बु समुदायको विरोध

ताप्लेजुङ। लिम्बु समुदायको धार्मिक,आध्यमिक,सभ्यताको उद्गम विन्दुको रुपमा रहेको तमोर क्षेत्रमा हाइड्रोपावर निर्माणले समस्या ल्याएको भन्दै स्थानीयले कार्यक्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् ।

माथिल्लो जलविद्युत् आयोजना निर्माणले लिम्बु सभ्यता नष्ट हुने भन्दै कार्यक्षेत्रमा काम रोक्न भन्दै शुक्रबार प्रदर्शन गरेका हुन ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समिति नै गठन गरेर विरोध प्रदर्शन गर्दै आएका छन् । स्थानीयले आफ्नो सभ्यताको संरक्षणका लागि स्थानीय सरकार, प्रदेश तथा संघ सरकारलाई ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको सङ्घर्ष समितिका संयोजक बिरबल लिम्बुले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिकाको लिङखिमको सिस्ने खोलामा आयोजना स्थलमा पुगेर आफ्ना सभ्यता रक्षाका लागि पटक—पटक गरीको बिरोध प्रदर्शनलाई बेवस्था गर्दै जाने हो भने थप सशक्त आन्दोलनमा जान बाध्य रहने सङ्घर्ष समितिका सल्लाहकार सदस्य श्री लिङखिमले बताउनुभयो ।
यस्तै सङ्घर्ष समितिका संयोजक लिम्बुले पनि आयोजनाको काम नरोकिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । लिम्बु समुदायको धार्मिक,मुन्धुमी स्थल मात्र नभएर हाइड्रोपावरको सुरुङ निर्माणले खानेपानीको मुहान सक्न थालेको,जथाभाबी रुख फडानी गरेको,अलैँची ख्यातिमा समेत क्षति पुर्याउने काम सुरु भएको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका शुकमाया लिम्बु बताउनहुन्छ ।

लामो समयदेखि हाइड्रोपावर विरोधमा रहेका स्थानीयले लिम्बु समुदायको मुन्धुमी उद्गम स्थल भएको यस क्षेत्रमा मुख्यतः इम्बिरी याम्थाङ्वारथाङ्वामा नदी (तमोर) र यससँगै थुप्रै सहायक खोलाहरू रहेको मुन्धुममा उल्लेख भएको बताएका छन् ।
खासगरी याक्थुङरलिम्बु समुदाय प्राकृतिक पुजक भएको हुनाले आफ्नो मुन्धुम अनुसार पायक पर्ने स्थानमा खोला, नदिको पूजा,मुक्कुम्लुङ्मा जानु अघि पूजा र पानी लाने, माङ्देरसाक्मुरा वतेम्मा (गाली सराप बगाउने), सोघा तरङ उङ्मा (प्रेतहरूलाई बगाउने,छेक्ने) जस्ता अति महत्वपूर्ण अनुष्ठानहरू सो खोलासँग जोडिएको फक्ताङलुङ गाउँपालिका इखाबुका स्थानीय मुक्साम लाबुङ बताउनहुन्छ । गाउँपालिकाको वडा न-३ लिङखिमकोे सिस्ने देखि वा न-५ तापेथोक सुरुङ निर्माण हुने छ ।
निजी क्षेत्रको लगानीमा नेपालकै सबै भन्दा ठूलो २ सय ८५ मेगावाटको जलविद्युतको निर्माण सुरु भएको छ । आयोजनामा ८।७ किलोमिटरको लामो सरुङ उत्खननका लागि टीबीस मेसिनको प्रयोग गरिएको छ ।
५५ अर्ब लगानी लाग्ने आयोजना निर्माणका लागि (टीबीस)टनेल बोरिङ मेसिन प्रयोग गरिएको छ । तामोर इनर्जी प्रालिको निर्माण सुरु भएको आयोजना २०८५ सम्ममा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्