तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको गौशालामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते

महोत्तरी ।महोत्तरीको गौशाला नगरपालिका–४ र ३ को सिमानास्थित सडकखण्डमा बुधबार बेलुका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गौशालाबाट औरहीतर्फ गइरहेको ज ५ प ५०१४ नम्बरको नेपाली मोटरसाइकलमा सवार तीन जनामध्ये भंगहा नगरपालिका–४, थारुटोलकी ४० वर्षीया अमला देवीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सैलेन्द्र भट्टले जानकारी दिए।

दुर्घटनामा अमला देवीसहित श्याम सरदार र सुनिल कुमार सिंह घाइते भएका हुन्। उनीहरूको प्राथमिक उपचार गरिएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (BR 07 AG 8132) को मोटरसाइकलले नेपाली मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिने भारतीय मोटरसाइकल चालक फरार छन् भने उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button