जनकपुरधाम उपमहानगरपालिकाद्वारा तीन अर्ब बढीको बजेट प्रस्तुत
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको आय व्यय सहितको बजेट ल्याएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको १३ औँ नगर सभामा उपप्रमुख किशोरी साहले पेश गर्नुभएको सो बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३ तथा पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१ । ०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिइएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, ग्रामीण विद्युतिकरण, हरित सहर लगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाले ल्याएको बजेट घाटा बजेट नभएको पनि जनाएको छ । गत वर्ष पनि ल्याएको बजेट पूर्ण रुपान कार्यान्वयन भएको पनि नगरप्रमुख साहले जानकारी दिनुभयो । गत असार १० गते नै नीति तथा कार्यक्रम ल्याएको जनकपुरधाम उपमहानगरपालिकाले बजेट कार्यक्रम २० दिन ढिलो गरि ल्याएको हो ।
प्रतिक्रिया राख्नुहोस्