तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभएको छ । 

आफ्नो नेतृत्वमा सरकार गठन हुनु पूर्व  ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यसवर्ष ४ दशमलव ६१ पुगेको उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो । 

साथै उहाँले अर्थतन्त्रका १८ वटा  सूचकहरू सकारात्मक रहेका जनाउँदै आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको बताउनुभएको छ । 

“हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । 

शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, व्यापार, प्रशासनिक सेवा, निर्माण, उद्योग, विद्युत् तथा ग्यास, खानी, यातायात, बैक तथा बीमा, औद्योगिक उत्पादन, घरजग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास क्षेत्रका सूचक सकारात्मक छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button