गण्डकी प्रदेश सरकारको खर्च ६९.५४ प्रतिशत

पोखरा । गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक बर्ष २०८१/०८२ मा ६९.५४ प्रतिशत खर्च गरेको छ । चालु तर्फ ६०.४३ र पुजिँगत तर्फ ७६.७३ प्रतिशत खर्च भएको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिज्यालले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट विनियोजन गरे पनि २२ अर्ब ९३ करोड ४० लाख ८२ हजार (६९.६४%) खर्च भएको मन्त्रालयले जनाएको छ । पुजिँगत तर्फ १४ अर्ब ९९ करोड ६० लाख ९० हजार खर्च भएको छ भने चालु तर्फ ७ अर्ब ९३ करोड ७९ लाख ९१ हजार खर्च भएको निमित्त सचिव रिज्यालले बताउनु भयो ।
प्रदेशका ९ मन्त्रालयहरू मध्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले सबै भन्दा धेरै खर्च गर्न सफल भएको छ । यस मन्त्रालयले चालु आर्थिक वर्षमा ८९.९२ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । ४ अर्ब ३० करोड १४ लाख ८९ हजार चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकोमा यस वर्षमा ३ अर्ब ८६ करोड ८१ लख १४ हजार खर्च भएको छ । चालु तर्फ ७५.७२ प्रतिशत र पुजिँगत तर्फ ९१.१७ प्रतिशत खर्च भएको हो । यस बर्ष चालु तर्फ ३४ करोड ७६ लाख ८९ हजार बजेट विनियोजन भएकोमा पुजिँगत तर्फ ३ अर्ब ९५ करोड ३८ लाख बजेट विनियोजन भएको थियो ।
९ वटा मन्त्रालयहरू मध्य सबैभन्दा कम भने आर्थिक मामिला मन्त्रालयले खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन भएको १८ करोड ३९ लाख ९९ हजारको बजेट मध्य ४९.२९ प्रतिशतले ९ करोड ६ लाख ९४ हजार रुपैयाँ खर्च गरेको हो ।
प्रदेश सरकारले गत बर्ष ६६.५८ प्रतिशत खर्च गर्न सफल भएको थियो ।
आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले यस बर्ष सबैको साथ र सहयोगले गर्दा करिब ८० प्रतिशत बजेट खर्च गर्न सफल भएको बताउनु भयो । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्