प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्व स्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा थप गति दिन योगदान दिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताबारे जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा भएको आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्र सङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा शक्ति राष्ट्रहरुबीचको द्वन्द्वका कारण बहुपक्षीयता तथा संयुक्त राष्ट्र सङ्घको प्रभावकारिता माथि नै संशय पैदा भइरहेको परिप्रेक्ष्यमा नेपालबाट सरकार प्रमुखको तहबाट भएको सहभागिताबाट नेपालको संयुक्त राष्ट्र संघ र बहुपक्षीयता प्रतिको ऐक्यबद्धता पुनर्पुष्टि भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्र सङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको उल्लेख गर्दै विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको भन्दै भ्रमणबाट आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।
सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते स्पेनतर्फ प्रस्थान गरी असार २ गते स्वदेश फर्कनुभएको थियो ।
प्रधानमन्त्री ओलीले सम्मेलन पूर्व यही असार १४ गते पनि प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणको विषयमा जानकारी गराउनुभएको थियो ।
सम्बोधनको पूर्णपाठः








प्रतिक्रिया राख्नुहोस्