तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयतासँग जोडिएका विधेयकहरूमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन सभामुखको आग्रह  

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गर्नुभएको छ ।

प्रमुख पाँच राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरू सँगको आज भएको बैठकमा सभामुख घिमिरेले महत्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताउनुु भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले सङ्घीयतासँग जोडिएका संघीय निजामती र विद्यालय शिक्षा जस्ता महत्वपूर्ण विधेयकहरूमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि दलहरूलाई अनुरोध गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button