राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई
जनकपुरधाम । मधेश प्रदेश सरकारको आयोजनामा भएको मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

जनकपुरधामको अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेश र सुदूरपश्चिम प्रदेशबीच भएको फाइनलमा मधेश प्रदेशलाई ३६ अङ्कका विरुद्धमा ३७ अङ्कसहित सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।
प्रतियोगितामा समान अंक ल्याएका लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा विजयी भएका सुदूरपश्चिमले २५ हजार नगद, कप तथा स्वर्ण पदक प्राप्त गरेको छ ।
द्वितीय भएका मधेश प्रदेशले नगद २० हजारसहित कप तथा रजत पदक प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गरेको बागमती तथा लुम्बिनी प्रदेशले नगद १५ हजार, कप तथा कास्य पदक प्राप्त गरे ।
सातै प्रदेशका खेलाडीहरू सहभागी प्रतियोगिता असार १२ गते शुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्