तपाईँ सुन्दै हुनुहुन्छः

मादीमा पहिरोबाट घरहरू जोखिममा 

कास्की । गएराती आएको पहिरोले कास्कीको मादी गाउँपालिका–१ खिलाङ र वडा नम्बर ६ तप्राङका केही घर जोखिममा पारेको छ ।

पहिरोमा परेर खिलाङमा २ भैँसी पुरिएका छन् भने केही घर उच्च जोखिममा परेका छन् । यसैगरी तप्राङमा पनि तीन घर बस्नै नमिल्ने भएको स्थानीयले बताएका छन् ।

खिलाङमा झन्डै ३ सय मिटर माथिबाट खसेको पहिरोले डुमप्रसाद गुरुङको गोठ पुर्दा २ भैँसी पुरिएको वडा सदस्य प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो । 

राती साढे ११ बजे पहिरो आएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण डुमप्रसादको घर र अन्य तीन घर पनि उच्च जोखिममा परेका छन् ।

यसैगरी तप्राङमा आएको पहिरोले वीरबहादुर रानाका २ घर र गौबहादुर रानाको घर बस्नै नमिल्ने अवस्थामा पुगेको स्थानीय सुजन पाण्डेले बताउनु भयो । अहिले  भेंडीखर्क बसपार्कबाट खसेको पहिरोले टोलनै जोखिममा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले घटनाबारे प्रारम्भिक जानकारी लिन कास्की  प्रहरी पहिरो स्थल तर्फ गएको र थप विवरण आउनबाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button