राप्ती नदीमा फसेका २ बालबालिकाको सशस्त्र प्रहरीद्वारा उद्धार
दाङ । दाउरा संकलनको क्रममा राप्ति नदिमा फसेका २ बालबालिकालाई सशस्त्र प्रहरी बल नेपाल दाङले सकुसल उद्धार गरेको छ।
राप्ति नदिमा बाढीले बगाएर ल्याएकाे दाउरा सङ्कलन गर्न पुगेका २ बालबालिका नदिको दोभानमा फसेपछि सशस्त्र प्रहरी बल नेपाल भालुबाङको टोलिले करिब आधा घण्टापछि सकुसल उद्धार गरेको सशस्त्र प्रहरी बल भालुवाङका एसपी मनोज धितालले जानकारी दिनुभयो।

दाउरा सङ्कलन गर्दै ती दुई बालबालिका नदिको दोभानमा पुगेका थिए । एसपी धितालका अनुसार ती बालबालिका किनारमा दाउरा सङ्कलन गर्दै गर्दा थाहा नै नपाई नदिको दोभानमा पुगेको र एक्कासि नदिमा बहाव आएपछि बगरमा फस्न पुगेको बताउनुभयो ।
नदिमा बालबालिकाहरू फसेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल नेपाललाई खबर गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्