तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक’ प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक’ प्रमाणीकरण गर्नुभएको छ  ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक २०८२ असार ४ गते प्रमाणीकरण गर्नुभएको हो।

संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरणसँगै अब उक्त विश्वविद्यालय स्थापनासम्बन्धी व्यवस्थाहरू कार्यान्वयनमा जानेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button