तपाईँ सुन्दै हुनुहुन्छः

फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

रुपन्देही । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि मङ्गलवार पक्राउ परेका छन् ।

फरार प्रतिवादी रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका–७ बस्ने गङ्गाराम यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले २०५५ साल चैत २ गते यादवविरुद्ध सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले

 बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button