बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते
हुम्ला । मङ्गलवार दिउसो चार बजे तिर बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बुराउसे भन्ने स्थानमा सिमकोट देखि पञ्चमुखी जाने बाटोमा ग्याबिन भर्ने जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई ६ जना मानिस पुरिएर घाइते भएका हुन् ।
मोटोले ढिस्कोले पुर्दा बित्तिकै सोही ठाउँमा काम गर्ने कामदारहरूले उद्धार गरी घाइतेहरूलाई एम्बुलेन्समा जिल्ला अस्पताल सिमकोट ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी हवल्दार बरिन्दर बानियाले बताउनु भयो ।
घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नः १ निवासी बर्ष २५ क पदम सार्कीको ढाडमा चोट चोट लागेको छ भने सिमकोट गाउँपालिका वडा नः ४ बस्ने अन्दाजी बर्ष २२ कि शर्मिला बिक निधारको दाहिने भागमा चोट लागेको छ ।
सिमकोट गाउँपालिका वडा नः ४ बस्ने बर्ष २३कि सुबित्रा बिक बाहिरी चोट नदेखिएकाले अवस्था सामान्य रहेको बताउनु भयो भने सिमकोट गाउँपालिका ४ बस्ने बर्ष ५४ कि हिरा लामा,बर्ष ४० कि पेमा लामा र बर्ष ५० कि डोल्मा लामा सामान्य चोट लागेकाले उनीहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्