पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पा ।पाल्पाको पूर्वखोलामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जीप हिजो बेलुकी पूर्वखोला गाउँपालिका–३ स्थित वीरकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा बगनासकाली गाउँपालिका–१ चिर्तुङ्धारा गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवामा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा जीप चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बोलेरो झन्डै ३ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्